You are viewing the translated version of पेश्की रकम असुल गरिने.

Rule 51
पेश्की रकम असुल गरिने
(१) सरकारी रकम पेश्की लिने सरकारी कर्मचारी वा अन्य जुनसुकै व्यक्तिले यस नियमावलीमा तोकिएको म्यादभित्र पेश्की फस्यौंटको लागि आवश्यक कागजात पेश नगरेमा त्यस्तो पेश्की रकममा म्याद नाघेको मितिले वार्षिक दश प्रतिशतको दरले ब्याज समेत लगाई असुल गरिनेछ।
(२) यस नियमावली बमोजिम कुनै कर्मचारीले लिएको पेश्की फस्यौंट गर्न निर्धारित म्यादभित्र आवश्यक कागजात नबुझाएमा कार्यालय प्रमुखले त्यस्तो कर्मचारीको तलब, भत्ता रोक्का गर्न वा निजले पाउने मासिक तलब वा अन्य सुविधाबाट कट्टा गरी त्यस्तो पेश्की असुल गरी फस्यौंट गर्न सक्नेछ।
(३) उपनियम (१) वा (२) बमोजिम पेश्की फस्यौंट गर्न नसकिएमा कार्यालयले पेश्की फस्यौंट नगर्ने व्यक्ति, फर्म, संस्था वा कम्पनीको नाम सार्वजनिक गरी ब्याजसहित सरकारी बाँकी सरह असुल गर्न सम्बन्धित निकायमा लेखी पठाउनु पर्नेछ।